झापाको बिर्तामोड–२ स्थित वीर अमर सिंह मा. वि. को व्यवस्थापन समितिको अध्यक्षमा जीवनकुमार खड्का निर्वाचित भएका छन् । औषधि ब्यवसायी संघ झापा अध्यक्ष तथा बिर्तामोड उद्योग वाणिजय संघका उपाध्यक्ष समेत रहेका खड्का विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमाआज चयन भएका हुन् ।
सर्वसम्मत रुपमा चयन गरिएको समितिको सदस्यहरुमा टीकादेवी उप्रेती, शुसिला राजवंशी, वीरबहादुर नेपाल, शर्मिला तिखत्री, पंकज बजगाईं, अम्बिका दाहाल र मातृका प्रसाद संग्रौला रहेका छन् । समितिको सदस्य सचिवको रुपमा खेमराज गौतम चयन भएका छन् ।










































