झापा
झापाका प्रहरी प्रमुख (एसपी) राजन लिम्बूलाई मातृशोक परेको छ । प्रहरी उपरीक्षक लिम्बूकी आमा सुनसरी बराहक्षेत्र नगरपालिका ९
राजाबासमा बस्ने विष्णुमाया लिम्बूको गएराति ८.१० बजे ९२ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ्य रहेकी थिइन् ।
प्रहरी उपरीक्षक लिम्बू तीनजना दिदी र ६ जना दाजुभाइमध्ये अन्तरे हुन् । लिम्बूका पिता लालबहादुर लिम्बूको निकै वर्षअघि स्वर्गारोहण भएको थियो ।








































