बिर्तामोड ।
बिर्तामोड नगरपालिका-५ सिटी सेन्टर अगाडि हिजाे साँझ भएकाे ट्रक र मोटरसाइकल दुर्घटनामा फरार ट्रक चालक पक्राउ परेका छन् ।
फरार भएका ट्रक चालक मकवानपुर सिन्धुलीगढि घर भएका बर्ष ३० का सुनिल न्याैपानेलाई ईप्रका बिर्तामाेडबाट खटिएकाे प्रहरी टाेलीले खोजतलाशकाे क्रममा बिर्तामाेड ५ स्थित सृजना हाेटल अगाडिबाट प्रकाउ गरेकाे हाे ।
हिजो बिहिबार साँझ करिब ८ बजेको समयमा बिर्तामोड नगरपालिका-५ सिटि सेन्टर स्थित पुर्व पश्चिम लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे थियाे भने एक जना गम्भीर छन् ।
प्रहरीका अनुसार बिर्तामोडबाट बुट्टाबारी तर्फ जाँदै गरेको ना८ख २२९७ न. को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १ - ०२- ०५१- प ३४६८ नम्बरकाे मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा माेटरसाइकल चालक बाह्रदशी-४ बस्ने बर्ष ३२ को खगेन्द्र मगर र सोहि मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती बर्ष २५ की सुकमाया तामाङ गम्भीर घाइते भएका थिए ।
दुवै जनाको अस्पतालमा उपचार भई रहेकोमा राती ९ बजेको समयमा मगरको उपचारको क्रममा मृत्यु भएको थियाे । सुकमायाको गम्भीर अवस्थामा उपचार भईरहेको छ ।
दुर्घटना पश्चात मोटरसाइकलमा आफै आगलागी भई पुर्ण रुपमा जलेको हुँदा तत्काल मोटरसाइकलको विवरण प्राप्त हुन सकेकाे थिएन तर अहिले विवरण प्रहरीले बरामद गरेकाे हाे ।
ट्रक र मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा छ ।








































