बिर्तामोड। वीरता जेसीजको वर्ष २०२६ को अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एल.सी) सर्वसम्मत रूपमा चयन भएका छन् । वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षहरुमा पुकार बराल, प्रज्वल बिमली,उपाध्यक्षहरूमा विवेक खड्का, नवराज अधिकारी, विश्वजित हलवाई, विजय चौधरी रहेका छन्।

त्यस्तै महासचिवमा सुवास त्रिखत्री , कानुनी सल्लाहकार प्रभात मास्के ,
कोषाध्यक्ष जेसी अमरजित शाह ,संयुक्त सचिव पुष्प भण्डारी, सहकोषाध्यक्ष अभिषेक गहतराज,जनसम्पर्क अधिकारी अजय चौधरी,तालिमआयुक्त विज्ञानराज पौडेल र प्रकरण निर्देशकअजय अधिकारी रहेका छन्।
वीरता जेसीजका बर्ष २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर प्रशान्त भण्डारी, नेपाल जेसीजका पूर्वराष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, पूर्वराष्ट्रिय उपाध्यक्ष राजेन्द्र चौम्लागाईं, वीरता जेसीजका
पूर्वअध्यक्ष राजिव धिमाल, औषधि ब्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का निर्वाचन आयुक्त वीरता जेसीजका निर्वतमान अध्यक्ष विकास बस्नेत, अधिवेशन निर्देशक सिनेटर घनश्याम चौधरीलगायतले शुभकामना दिएका थिए।
उम्मेद्वारहरुलाई तालिम पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवाल, मिजस पोख्रेल र नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष योगेश राजवंशीले तालिम प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए।








































