विराटनगर । नेकपा एमालेले झापा ४ बाट एलपी साँवालाई उम्मेदवार बनाउने भएको छ ।
सचिवालय बैठक पछि सार्वजनिक भएको उमेदवारको लिष्टमा मनोज ताम्लिको नाम भए पनि झापा ४ बाट एलपी साँवा नै उम्मेदवार हुने एमाले श्रोतले जनाएको छ ।
साँवाले यस अघिपनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचन जितेका थिए । निर्वाचन जितेका साँवाको ठाउँमा मनोजलाई उम्मेदवार बनाएको भन्दै एमाले भित्र असन्तुष्टि भएको थियो ।
असन्तुष्टिपछि साँवालाई नै उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ ।
साँवा २०७४ र २०७९ मा लगातार दुई पटक सोही क्षेत्रबाट विजय भएका थिए २०७० सालको निर्वाचनमा भने पराजित भएका थिए ।








































