झापा  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ को फैसला जनताले गर्ने बताएका छन् । झापाको दमकमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले जनताको फैसला सुन्न आफू चुनावी मैदानमा आएको बताए ।

उनले  घर भत्काएर मात्रै देश नबन्ने भन्दै  देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म आफु पुःन  झापा ५ मा उम्मेदवार भएर आएको बताए । 

ओलीले आफूविरुद्ध उम्मेदवारी दिँदा चर्चा हुन्छ भन्ने सोचेर अन्य उम्मेदवारले उम्मेदवारी दिने कुरा गरेको आरोप लगाएका छन्।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट उम्मेदवारी दिने टुंगो लागेपछि ओलीले चर्चाका लागि उम्मेदवारी दिन लागेको टिप्पणी गरेका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा आएका ओलीले प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा कसले उम्मेदवारी दिने आफूलाई थाहा नभएको बताए। ‘अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ। लड्ने हो होइन मलाई थाहा छैन,’ ओलीले भने, ‘लड्ने हो भने पनि त अरूले पनि लडिखेली आएकै हुन् त १ पहिला अरूले पनि लडेकै हुन्। त्यसकारण यसबारे सोच्नुपर्दैन।’

ओलीले विकासबाट आत्तिएर केही मानिसहरू आफुलाई भिलेन करार गर्न खोजेको आरोप लगाए ।