बिर्तामोड 

झापाको बिर्तामोड–५ देवीवस्ती स्थित पाथीभरा टोल सुधार संस्थाको १८ औं बार्षिक साधारणसभा आज सोमबार आफ्नै सभाहलमा सम्पन्न भएको छ । बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरको बिशिष्ट आतिथ्यतमा आज साधारणसभा सम्पन्न भएको हो । पाथीभरा टोल सुधार संस्थाका अध्यक्ष नारायण चिमरियाको अध्यक्षतामा साधारणसभा तथा ज्येष्ठ नागरिकको पहिलो अधिवेशन सम्पन्न भएको हो ।

ty

२०६५ सालमा स्थापित पाथीभरा टोल सुधार संस्थाले आफ्नै सुविधा सम्पन्न ज्येष्ठ नागरिक भवन समेत निर्माण गरेको छ ।  स्थानीय गिरीराजकुमारी प्रसाईले स्व सिके प्रसाईका नाममा ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रदान गरेको १३ धुर बढी जमिनमा स्थानीय, प्रदेश सरकार सहित आन्तरिक तथा बाह्रय स्रोत जुटाएर भवन निर्माण गरिएको टोल सुधारका अध्यक्ष नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

WhatsApp Image 2026-01-19 at 18.32.49 

प्रमुख अतिथि प्रसाईले पाथिभरा टोल सुधारबाट अन्य ब्यक्ति तथा संस्थाले पनि धेरै कुरा सिक्न आवश्यक रहेको औंल्याए । टोल सुधारले जेष्ठ नागरीकलाई धार्मीक क्षेत्रको अवलोकन भ्रमण सहित टोल सुधारमा योगदान पुर्याउने हरेकलाई सम्मान सहित प्रोत्साहन गर्दै आएको अध्यक्ष चिमरीयाले बताए । 

विशिष्ट अतिथि तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले टोल सुधार संस्थाले शिक्षा, संस्कार, सुरक्षा जस्ता कुरामा ध्यान दिएर नैतिकवान समाज निर्माणमा योगदान गर्न सक्नेमा जो दिए । 

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै त्यसको व्यवस्था राज्यले गर्नुपर्नेमा धारणा राखिन । 

कार्यक्रममा अध्यक्ष चिमरियाले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सचिव छविकृष्ण बरालले प्रूतुत गरेका थिए । कार्यक्रममा स्वर्गीय  सुमन पोखरेलको स्मृतिमा उनका  आमा–बुबा देवी–मुक्तिनाथ पोखरेलले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजनालाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापनार्थ एकलाखको चेक अध्यक्ष चिमरियाले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संस्थालाई भवन निर्माणका लागि जग्गा प्रदान गर्ने स्व गिरीराजकुमारी प्रसाईँलाई मरणोपरान्त दाता सम्मान गरिएको थियो । बिशिष्ठ अतिथिबाट प्रदान गरिएको उक्त दातासम्मान स्व  प्रसाईका छोराबुहारी बिबेक केशरी र संगीताबाबा प्रसाईले ग्रहण् गरेका थिए । त्यस्तै  ज्येष्ठ नागरिक सम्मानबाट महेश्वरा बास्कोटालाई सम्मान गरिएको थियो ।

त्यसैगरी घर आँगन तथा टोल सफा राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पाथीभरा टोल रोड नं ७ की कमला कार्कीलाई सरसफाई सम्मान, स्मृति भट्टराई निरौलालाई उत्कृष्ठ बुहारी सम्मान कार्यक्रममा गरिएको थियो । 

 गत बैशाख यता टोलमा जन्मिएका शिशु मध्ये ज्येष्ठ शिशु अनमोल अधिकारीलाई नगद प्रदान समेत गरिएको थियो । कार्यक्रममा चर्तुभुज–भद्रशिला कार्की स्मृति पुरस्कारबाट २०८१ को एसइइमा उत्कृष्ठ आज्ञा चापागाँई र आदित्य साहलाई तीलरुपा स्मृति तथा सिके प्रसाईँ स्मृति पुरस्कार सम्मान पत्रसहित नगद राशी प्रदान गरिएको थियो ।

संस्थाका पूर्व अध्यक्ष मोहन ओलीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा ध्रुवकुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रमको सञ्चालन छविकृष्ण बरालले गरेका थिए । 

सोही कार्यक्रममा सम्पन्न ज्येष्ठ नागरिक समाजको प्रथम अधिवेशनले मोहन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हिमादेवी ढुङ्गेल, सचिवमा अग्नीबहादुर दाहाल, कोषाध्यक्षमा नन्दीकिशोर निरौला चयन भएका छन् ।

समितिको सदस्यहरुमा पुन्यप्रसाद दंगाल, बुद्धिप्रसाद चापागाँई, चन्द्रमाया कडरिया लगायत रहेका छन् । कार्यक्रममा घिमिरेको सहयोगमा २० जना बढी ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको थियो ।