विर्तामोड ।
मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाकाे अध्यक्षमा टिकराम बहादुर पिठाकोटे निर्वाचित भएका छन् ।
साेमबार हिजाे बिर्तामोडमा सम्पन्न १८ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट अध्यक्षमा पिठाकोटे निर्वाचित भएका हुन् ।
अर्जुनधारा–११ स्थित एशोसिएसनको भवनमा भएकाे निर्वाचनमा पिठाकोटे ३६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका उनका प्रतिस्पर्धी भूपालराज कटुवालले २४ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा कुल ६२ मतदाता मध्ये ६० मत खसेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा अमित सरिया, उपाध्यक्षमा मदन कुमार राई, महासचिवमा विनोद चापागाईं तथा कोषाध्यक्षमा उत्तम कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य पदमा खगेन्द्र बहादुर कार्की, गौरी प्रसाद भण्डारी, तारानाथ उप्रेती र भगिरथ रिजाल (माल्दाई) निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पदमा दिपक गड्तौला निर्वाचित भएका छन् । उनले ३६ मत प्राप्त गरी निर्वाचित हुँदा हरि प्रसाद घिमिरेले २४ मत प्राप्त गरेका थिए ।
सह–कोषाध्यक्ष पदमा मोहन प्रसाद उप्रेती निर्वाचित भएका छन् । उनले ३२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी सुरज गोयलले २८ मत प्राप्त गरेका थिए ।
डिलर्स एशोसिएसनकाे केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानकाे प्रमुख आतिथ्यमा भएकाे अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष नवीन कोईरालाले गरेका थिए ।
कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव विनोद चापागाईंले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रधान, आयल निगम चारआली शाखाका प्रमुख उमेश पाेखरेल लगायतले शुभकामना मनतब्य राखेका थिए ।
प्रमुख निर्वाचन अधिकृत खरेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै प्रमाण-पत्र प्रदान गरेका थिए ।









































