बिर्तामोड ।
झापा बिर्तामोड नगरपालिका–५ मा एक बर्षअघि स्थापना भएको गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित मन्दिर स्थापना तथा निर्माणमा सहयोग पु¥याउने दाताहरूलाई सम्मानसहित विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलको जानकारी दिएका हुन् ।
वार्षिकोत्सवका अवसरमा भोलि ९ गते साँझ ६ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिने जनाइएको छ ।
त्यस्तै मन्दिर निर्माणमा सहयोग पु¥याउने स्थानीय सरकार, प्रदेश सरकार सहित ७५ जना दातालाई सम्मान गरिने मन्दिरका संरक्षक बंशलले जानकारी दिए ।
पूर्व नेपालमै पहिलो पटक करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यस मन्दिरले छोटो समयमै आस्थाको केन्द्रका रूपमा परिचय बनाएको छ । मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको व्यवस्थापन समितिको दाबी छ । अर्जुनधारा जलेश्वर धामपछि पूर्वकै बढी भक्तजन आउने धार्मिक स्थलका रूपमा श्री गायत्री माता मन्दिर परिचित बन्दै गएको छ ।
२०८० साल जेठ १७ गते निर्माण सुरु भई २०८१ साल माघ २१ गते विधिपूर्वक प्राण–प्रतिष्ठा गरी मन्दिर सञ्चालनमा आएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबाट प्राण–प्रतिष्ठा सम्पन्न गरिएको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँचदिने अनुष्ठानको उद्घाटन गरेका थिए भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन गरिएको थियो ।
गत वर्ष गायत्री जयन्तीका अवसरमा नगर परिक्रमा, धार्मिक सभा र सन्ध्या आरतीसहित विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसमा बटुक, स्काउट, विभिन्न संघ–संस्था तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
मन्दिर निर्माण सम्पन्नसँगै ३१ सदस्यीय व्यवस्थापन समिति र ३१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । निर्माण समितिका संयोजक रौनक वंशलको अध्यक्षतामा गठित व्यवस्थापन समितिमा विवेक अग्रवाल संयोजक, सुजित अग्रवाल सह–संयोजक, मनोज बजाज सचिव र राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन् ।
मन्दिर व्यवस्थापन समितिले धार्मिक आस्था मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ । समितिले प्रथम वार्षिकोत्सवमा सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेको छ ।








































