मेचीनगर । 

मेची भन्सारले ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।  हरेक वर्षको जनवरी २६ तारीखका का दिन यो दिवस मनाउने गरिन्छ । मेची भन्सारले बिभागले निर्देशन गरे बमोजिम तीन दिवसीय कार्यक्रम गर्दै ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न गरेको प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए ।

भन्सारले पहिलो दिन सरसफाई, दोस्रो दिन निशुल्क आँखा जाँच शिविर र आज तेस्रो दिन प्रभातफेरी र सन्देश मुलक कार्यक्रम गरी समापन गरिएको प्रमुख न्यौपानले बताए । यस बर्ष ‘सतर्कता र प्रतिबद्धता मार्फत समाजको भन्सार संरक्षण’ नाराका साथ ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको हो । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा भन्सारका कर्मचारीलाई सम्मान गरिएको थियो ।  मेची भन्सारले बिभागबाटै छनोटमा परेका मेची भन्सारका भन्सार अधिकृत रामचन्द्र ढुंगाना , कम्प्युटर अपरेटर प्रकाशभाट क्षेत्री, कार्यालय सहयोगी चिरन्जिवी पोखरेल र अर्जुन तिवारीलाई सम्मान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गेलाल, प्रमुख भन्सार अधिकृत  न्यौपानेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । 

WhatsApp Image 2026-01-26 at 20.45.31 (1)

त्यस्तै सबै भन्दा बढी निकासी गर्ने भन्सार जाँचपास प्रतिनिधि एजेन्ट अशोककुमार श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।  समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्र.जि.अ. गेलालले सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग र समन्वयको खाँचो आवश्यक रहेको औंल्याए । उनले ब्यापारी, उद्योगी, प्रहरी प्रशासन, राजनीतिक दल सहित सरोकारवाला निकायको साथ भए खुल्ला सीमाका कारण हुन सक्ने चोरी पैठारी नियन्त्रण गर्न सकिने तर्क गरे ।

WhatsApp Image 2026-01-26 at 20.45.32

त्यस्तै उनले आयातमुखी अर्थतन्त्रलाई क्रमश घटाउंदै निर्यातमा जोड दिन सके बढ्दो ब्यापार घाटा कम गर्न सकिने तर्क राखे । कार्यक्रममा मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख गोपाल थापा, राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत सुजित कुमार सिंह, नक्सालबारी कस्टमडिभिजनका असिस्टेन्ट कमिस्नर टि.सि. भटिया लगायतले शुभकामना मनतब्य राखेका थिए । प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भन्सार अधिकृत रामचन्द्र ढुंगानाले गरेका थिए ।  

WhatsApp Image 2026-01-26 at 20.45.31