विर्तामोड । मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाको नव निर्वाचित पदाधिकारीले सपथ ग्रहणसंगै जिम्मेवारी सम्हालेका छन् । गत माघ ५ गते बिर्तामोडमा सम्पन्न १८ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको आजबाट पदस्थापन भएको हो । एशोसिएसनको अध्यक्षमा टिकाराम बहादुर पिठाकोटे निर्वाचित भएका थिए ।
अर्जुनधारा–११ स्थित एशोसिएसनको भवनमा एक कार्यक्रमकाबिच प्रमुख निर्वाचन अधिकृत खरेलले निर्वाचित अध्यक्ष पिठाकोटे सहित पदाधिकारीलाई सपथ गराएका हुन् । त्यस पश्चात अध्यक्ष पिठाकोटेले सदस्यको सपथ गराएका थिए ।
निवर्तमान अध्यक्ष नवीन कोईरालाले निर्वाचित अध्यक्ष पिठाकोटेलाई माईन्युट हस्तारण सँगै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै निवर्तमान अध्यक्ष कोईरालाले निर्वाचित कोषाध्यक्ष उत्तम कुमार श्रेष्ठलाई हरहिसाब सहित अन्य कागजात हस्तानतरण गरेका थिए । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा अमित सरिया, उपाध्यक्षमा मदन कुमार राई, महासचिवमा विनोद चापागाईं सचिव पदमा दिपक गड्तौला ,तथा कोषाध्यक्षमा उत्तम कुमार श्रेष्ठ, सह–कोषाध्यक्ष पदमा मोहन प्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै सदस्य पदमा खगेन्द्र बहादुर कार्की, गौरी प्रसाद भण्डारी, तारानाथ उप्रेती र भगिरथ रिजाल माल्दाई निर्वाचित भएका थिए । प्रमुख निर्वाचन अधिकृत खरेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै प्रमाण(पत्र प्रदान गरेका थिए । नव निर्वाचित पिठाकोटेले कार्यभार सम्हालेसँगै पेट्रोलियम क्षेत्रमा देखिएको समस्या समाधान गरी सवै व्यवसायीको हक हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।










































