झापाको बिर्तामोडमा आजबाट १० दिने होटल टेक्निसियन तालिम सुरु भएको छ।

होटल व्यवसायी सङ्घ झापाको आयोजना र होटल एसोसिएसन नेपाल कोशी प्रदेशको सहयोगमा आज आइतबारबाट १० दिने तालिम सुरु भएको बताइएको छ।

FB_IMG_1769958145499

बिर्तामोड १ स्थित झापा प्राविधिक शिक्षालयको सभाहलमा तालिम भइरहेको हो।

तालिमम३० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ।

FB_IMG_1769958152085

होटल एसोसिएसन नेपाल कोशी प्रदेशका सदस्य ख्याम ओलीको प्रमुख आतिथ्यता तथा होटल व्यवसायी सङ्घ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो।

विद्यार्थीहरूको विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताइएको छ। तालिम ध्यान पुर्वक सिक्न विद्यार्थीलाई प्रमुख अतिथि ओलीले आग्रह गरेका थिए ।