झापाकाे बिर्तामाेड ५ स्थित टावर टेम्पल स्कुलकाे २९ ओैं बार्षिकाे उत्सव  बिबिध कार्यक्रमकाबिच सम्पन्न भएकाे छ ।  आज साेमबार विद्यालय परिसरमा स्कुलकाे २९ ओैं बार्षिकाे उत्सव  भब्य तबरले मनाईएकाे हाे । साथै आजबाट बार्षिकाे उत्सव अन्तरगत खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरू समेत भएकाे छ । 

20260202_110307

बार्षिकाे उत्सवकाे बिर्तामाेड नगरकाे शिक्षा अधिकृत लासाङ तामाङले पानसमा दिप प्रज्वलन गरेर गरकी थिईन । विद्यालयका निर्देशक राजिब धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत सहित विद्यालयकाे समग्र अवस्थाबारे प्रिन्सिपल तेजप्रकाश भट्टराईले प्रकाश पारेका थिए । 

कार्यक्रमकाे सन्चालन शिक्षकद्वय यमनाथ घिमिरे र नीता घिमिरेले गरेका थिए ।  २०५३ सालमा स्थापना भएकाे विद्यालयमन    राष्ट्र सेवा दल ( एनसिसि) २०८१ सालदेखि सुरू भएकाे छ । २०७९ सालबाट  इम्प्यानल  स्कुल पनि सन्चालन भईरहेकाे विद्यालयका निर्देशक राजिब धिमालले जानकारी दिए । जसमा बाहालवाला र अबकाश प्राप्त नेपाली सैनिकका सन्ततीहरूअध्ययन गरिरहेका छन् ।  

कक्षा नर्सरीदेखि १२ सम्म ६२१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरि  ५१ जना कार्यरत रहेका छन् । 

कार्यक्रममा अरदिमनगण चारआलीका सेनानी प्रबेश खड्का  , साहयक सेनानी भिमप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विरता जेसिजका अध्यक्ष एलसी श्रेष्ठ , झापा गाेल्डकप अध्यक्ष केदार गिरी , बरिष्ठ उपाध्यक्ष गजेन्द्र पाैडेल, झापा जिल्ला ओैषधि ब्यवसायी  संघका अध्यक्ष जीवन खड्का , लाेत्से इंग्लिस स्कुलका धनराज मगर, सुनिता तामाङ लगायतकाे आतिथ्यता रहेकाे थियाे । 

कार्यक्रममा विद्यार्थीले विभिन्न पहिचान झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।   आजबाट सुरू भएकाे अन्तर सदन खेलकुद प्रतियाेगितामा फुटबल, बास्केटबल कक्षा ८,९,१०, भलिबल छात्र र छात्रा  ६,७,८,९,१० का बिद्यार्थी , टेबलटेनिस लगायतका खेलहरू सम्पन्न हुने बताईएकाे छ । 

त्यस्तै कक्षा नर्सरीदेखि अन्य कक्षाका बिद्यार्थीले चक्लेट रेस, बेलुन फुटाई, सिनियर फुटसल, सट रेस, साँस्कृतिक  लगायतका प्रतियाेगिता  गर्ने स्कुलले जनाएकाे छ। खेलकुद प्रतियाेगिता माघ २३ गते समापन हुनेछ । 

उद्घघाटन कार्यक्रममा मनाेरन्जनकालागि अभिभावकबिच महिलाकालागि म्युजिकल चियर, पुरूष तर्फ हण्डि फुटाई प्रतियाेगिता समेत गरिएकाे विद्यालयका खेल संयाेजक बिबेक धिमालले जानकारी दिए ।