जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड स्थित म्यानपावरमा छापा मारेर  गरेर ९ वटा पासपोर्ट जफत गरेको छ ।  वैदेशिक रोजगारीको सेवा प्रवाह गर्ने नाममा युवाहरुलाई  ठग्ने गरेको र कानुनी प्रक्रिया नपुर्याई काम गर्ने  म्यानपावरमाथि  जिल्ला प्रशासन कार्यालयसहित श्रम कार्यालय भद्रपुरले अनुगमन गरेको हो ।  

बिर्तामोडमा चन्द्रप्रसाद पौडेलले सञ्चालन गरेको लुम्बिनी दर्शन,  भीम बिष्टले सञ्चालन गरेको स्क्यान मेनपावर र बिरेन्द्र थापाले सञ्चालन गरेको अलमाईटी इन्टरनेशनल म्यानपावरको शाखा कार्यालयमा अनुगमन गरिएको हो । 

झापाका  सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा आज सोमबार यी तीन वटा  म्यानपावर शाखाको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा यदुनन्दन दाहालले जानकारी दिए । उनले अलमाईटी इन्टरनेशनल म्यानपावरको शाखा कार्यालयबाट ९ वटा पासपोर्ट जफत गरिएको जानकारी दिए । 


यी म्यानपावरले  शाखा नविकरण नगरेको जनाउंदै नकिरण गरेको प्रमाण पेश गर्न भनिएको जनाइएको छ ।  नविकरण नगरि वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान भए पनि यी सहित अन्य म्यानपावरले आफुखुसी काम गर्दै आएको जनाइएको छ । अनुगमनमा सहायक जिल्ला प्रमुख अधिकारी प्रसाईसहित श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठ र स्थानीय इप्रका अनारमनीका प्रहरीहरुको टोली म्यानपावर कार्यालयमा पुगेका थिए ।