बिर्तामाेड
झापाकाे बिर्तामाेड ४ स्थित ग्लाेरी अङ्ग्रेजी माध्यमिक विद्यालयले बिबिध कार्यक्रमकाबिच ३१ ओैं बार्षिकाेत्सव मनाएकाे छ ।
आज विद्यालय परिसरमा साँस्कृतिक सहित अन्य विभिन्न कार्यक्रम गरेर बार्षिकाेत्सव मनाएकाे हाे ।

विद्यालयका संस्थापक तथा प्रधानध्यापक इन्द्रदेव केरूङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा झापा जिल्ला प्याबसन अध्यक्ष छत्रबहादुर कार्कीकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गाेपाल काफ्ले, झापा जिल्ला प्याब्सन बरिष्ठ उपाध्यक्ष हरीकृष्ण पाठक, बिराट ज्याेती अङ्ग्रेजी मा.वि. का प्रिन्सिपल गणेश ओली लगायतले शुभकामना मनतब्य राखेका थिए ।
बिर्तामाेड ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामाेड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल लगायतकाे आतिथ्य रहेकाे थियाे ।
विद्यालय इन्चार्ज ससिलकुमार राईले स्वागत मनतब्य राखेकाे कार्यक्रमकाे सन्चालन शिक्षक पुण्यप्रसाद सुवेदी र विद्यार्थीले गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीले स्वागत मनतब्य, नृत्य, गित, स्पिच, सामुहिक नाच, नाटक, फेसन साे, एकल गायन लगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमकाबिच २०८० र २०८१ को एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी साइमन बस्नेत, सरु मगर, नविन गौतम, दिपिका अकिारीलाई नगदसहित सम्मान गरिएको छ ।
यस्तै एमडी अव्पास, अभिलाशा लिङ्देनलाई पनि सम्पन गरिएको थियो । कार्यक्रममा शिक्षक दुर्गा अधिकारी, सपना गुरुङलाई साथै बिद्यालय सहयोगी प्रेम न्यौपानेलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बिराट ज्योती अंग्रेजी माविका प्रिन्सिपल गणेश ओली, भूपू बिद्यालय समितिका अध्यक्ष चन्द्र सुवेदी, भूपू बिद्यालय अभिावक समितिका अध्यक्ष बाशु अधिकारी, समाजसेवी सरोज बिमली, प्रेम कार्कीलगायतको आतिथ्य रहेको थियो ।
विद्यार्थीलयमा हाल ५ सय विद्यार्थी रहेकाे विद्यालयका ब्यावस्थापक सन्ताेष प्रसाईले जानकारी दिए ।










































