झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमत्तोमा तस्करी बढेको छ । निर्वाचन सकिएपछि पुःन जिल्लाका मुख्य सहित साहयक नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाई भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ सामान तस्करी गराउँदै आएको गुनासो छ । 

कानूनतः घुमुवाको रुपमा  प्रहरी परिचालन गर्न पाइँदैन । तर, झापामा सशस्त्र र नेपाल प्रहरीले सूचना संकलन गर्ने नाममा सादा पोशाकमा घुमुवा प्रहरी परिचालन मार्फत आर्थिक असुली गर्न थालेको गुनासो छ । 

जिल्ला प्रहरी कार्यालय झापामा आफुखुसी खटिएका केहि घुमुवा, वडा प्रहरी कार्यालय भद्रपुर र  शसस्त्र प्रहरीबल २ नम्बर गण सहित  सीमा सुरक्षा बल कांकरभिट्टाबाट खटिएका प्रहरीले  

असुली धन्दा चलाएको स्रोतको दाबी छ । 

साइकल, मोटरसाइकल, सीटी ,अट्टोमा भद्रपुर सहित अन्य नाकाबाट तस्करी हुंदै आएको छ ।   उषा, सीता, राजेश, सुनिता, काले,  अनिता, कल्पना, भूमिका, पिन्टु, जिरे, लगायतका कारोबारीले सशस्त्र र नेपाल प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएको बताइन्छ ।  तस्करी बढ्दा भद्रपुर तथा मेचि भन्सार कार्यालयको राजश्व संकलन लक्ष्य अनुरुप हुन सकेको छैन ।