बिर्तामोड । बिर्तामोडबाट काठ सहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। कागजात बिनाको सखुवा जातको चिरान काठ फेला परेको बिर्तामोड प्रहरीले जनाएको छ ।

बिर्तामोड ३ स्थित बिर्ताबजारबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १ ०१.००१ च ८१४३ नम्बरको पिकअप गाडीमा लोड गरेर लाँदै गरेको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त काठ चोरी भएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले चालक हल्दिवारी १ बस्ने बर्ष २८ को संजय कार्की र बर्ष २९ को सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । इप्रका बिर्तामोडबाट खटिएका प्रहरी साहयक हवल्दारद्धय भिम अधिकारी र पुलिसराम मोडियारीले उक्त काठ , गाडि र मानिस नियन्त्रणमा लिएका हुन् ।