झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक ब्यक्ति घाइते भएका छन् । दमक नगरपालिका ७ बस्ने बर्ष १८ को अभिषेक लिम्बुमाथि अहिले सांझ ६ बजे छुरा प्रहार भएको हो । प्रहरीका अनुसार बिर्ता सिटी अस्पताल अघि सस्तो भोजनालय अगाडि लिम्बुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
लिम्बुमाथि मेचिनगरपालिका १० बस्ने बिशाल चौधरीले छुरा हानेका हुन् । लिम्बुको दांया तिघ्रामा छुरा प्रहार भएको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार हुंदै गरेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । छुरा प्रहार गर्ने चौधरीलाई इप्रका बिर्तामोडको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।









































