बिर्तामोड : गाेमेन्द्र बिर्ता माेडल कलेज बिर्तामाेड ४ ले कक्षा १२ का विद्यार्थीलाई एक कार्यक्रमका बिच बिदाई गरेकाे छ ।
आज बिर्तामाेडमा एक कार्यक्रमकाबिच कक्षा ११ का बिद्यार्थी र स्कुल परिवारले १२ कक्षाका विद्यार्थीलाई बिदाई गरेकाे हाे ।
शिक्षक अभिभावक संघकाे अध्यक्ष पुष्प खड्काकाे प्रमुख आतिथ्य तथा संस्थापक निर्देशक उत्तम खनालकाे अध्यक्षतामा उनीहरूलाई बिदाई गरिएकाे हाे । उनीहरूलाई पुष्पगुच्छा सहित मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
प्लस टु प्राेगाम हेड अनुप ढकालले स्वागत गरेकाे कार्यक्रमकाे सन्चालन भाइस प्रिन्सिपल तिर्थ दाहालले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षक अभिभावक संघकाे अध्यक्ष खड्का, कलेजकाे प्रिन्सिपल गिता ढकाल खनाल, निदि कलेजका संस्थापक प्रिन्सिपल रन्जित शाह, प्लस टु का शिक्षक गाेपाल अधिकारी लगायतले विद्यार्थीलाई बिदाई गर्दै आउँदै गरेकाे परिक्षाकाे सफलता सहित उज्जवल भबिष्यकाे कामना ब्यक्त गरे ।
कार्यक्रममा यमुना निराैलाले सम्पुर्ण बिद्यार्थीहरूकाे तर्फबाट आफ्नाे अनुभव राखेकी थिईन ।
कार्यक्रममा बालबालिका शिक्षा तथा सन्चार मन्चका संयाेजक सराेज पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।









































