बिर्तामोड ।
झापाको बिर्तामोड स्थित डाक्टर प्रियन्काज क्लिनिकले सुरक्षा, सन्चार र सामाजिक क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ ।
आज (शनिवार) आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर तीनजनालाई उत्कृष्ट महिलाको रुपमा सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, सञ्चारीका समुह झापा अध्यक्ष तथा सञ्चारकर्मी लीला अनमोल र क्यानसर बिरूद्ध सचेतना फैलाउने तथा साइकल
यात्री नमिता बस्नेतलाई उत्कृष्ट महिलाका रुपमा सम्मान गरेको हो । बस्नेत आँफै क्यानसर पीडित भएर पनि सचेतना प्रदान गर्दै आएकी साहसी महिला हुन् ।

क्लिनिककाे प्रबन्ध निर्देशक प्रियङ्का कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई, सामाजिक अभियन्ता तथा राष्ट्रिय
सहकारी बैंककाे अध्यक्ष तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, डा. पुस्पक रेग्मीलगायतले उत्कृष्ट तीन महिलालाई दाेसल्ला, माला र प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।
सोही कार्यक्रमकाबिच क्लिनिकका चार जना कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
कर्मचारी तारा लिम्बु, गीता लिम्बु, अर्पणा तामाङ र कल्पना लिम्बुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक ब्यक्तित्व राजकुमार पोखरेल, डा. निरु नेपाल, सजेश शिवाकोटी, लुना बस्नेत , शैक्षिक, चिकित्सक लगायत बिभिन्न क्षेत्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहितको उल्लेखीय उपस्थिति रहेको थियो ।









































