झापा —

अलैंचीको गुणस्तर सुधार तथा बजारीकरण सम्बन्धमा  सरोकारवालाहरूबीच छलफल सुरू भएकाे छ । 

नेपाल अलैंची ब्यवसायी महासंघकाे आयाेजना तथा कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कोशी  प्रदेशको नगदेबाली अलैची खेति तथा व्यवसाय प्रवर्दन गर्ने उद्देश्यले अलैचीको गुणस्तर सुधार र वजारीकरण सम्बन्धी सरोकारवाला पक्षबिच अन्तरिक्रया सुरू भएकाे हाे ।  

हिजो शनिबार इलामको मंगलवारेमा र आज आईतबार पाँचथरकाे फिदिम स्थित  रानीटार‌मा अन्तरक्रिया सम्पन्न भएकाे नेपाल अलैंची ब्यवसायी महासंघकाे कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जानकारी दिए । 

FB_IMG_1777215384244

याे कार्यक्रम कोशी प्रदेशको इलाम, पाँचथर, ताप्लेजुङ संखवासभा, खोटाङ र भाेजपुर सहित  ६ वटा जिल्लामा हुने ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा कृषक, व्यवसायी, अलैची विकासकेन्द्र,  सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना प्रतिनिधी सहित संचारकर्मी आदि सहभागी थिए । 

अलैचीको गुणस्तर सुधार भई   बढी भन्दा बढी   मूल्य प्राप्त हुने उद्देश्य सहित  कृषकहरुका समस्या अलैंचीकाे पकेट क्षेत्रमै गएर वुझ्न र   समस्या टिपोट गरी नितिगत तह‌मा पुर्याउन  भुमिका खेल्ने  उदेश्य सहित कार्यक्रमकाे थालनी गरिएकाे नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष दिपक नेपालले जानकारी दिए । 

आज पाँचथर नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेकाे प्रमुख आतिथ्यमा कार्यक्रम गरिएकाे हाे । 

कृषक, व्यवसायी तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू सहभागी रहेको उक्त कार्यक्रममा अलैंची उत्पादनलाई गुणस्तरीय बनाउने र बजार विस्तार गर्ने उपायहरूबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो।

छलफलका क्रममा अलैंची खेतीमा देखिएका समस्या, रोग–कीरा नियन्त्रण, प्रशोधन प्रविधिको अभाव तथा उचित मूल्य नपाउने जस्ता चुनौतीहरू उठाइएको थियो।

 सहभागीहरूले उत्पादनको गुणस्तर सुधार गर्न आधुनिक प्रविधि प्रयोग, प्राविधिक तालिम, गुणस्तर मापन प्रणाली तथा ब्रान्डिङमा जोड दिनुपर्ने धारणा राखेका थिए।

त्यसैगरी, अलैंचीको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निर्यात प्रवर्द्धन, बजार सूचना प्रणालीको विकास तथा किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रममा महासंघका संस्थापक राजेन्द्र घिमिरे, अलैची विकास केन्द्रकाे राजु ढकाल,  कृषि ज्ञान केन्द्रकाे  महेश चौधरी लगायतले शुभकामना राखेका थिए । 

 दिपक नेपालकाे अध्यक्षता,  स्वागत कुमार तामाङ र  औचित्यमाथि  प्रकाश  महासंघकाे बरिष्ठ उपाध्यक्ष  नारायण चिमरियाले पारेका थिए । 

कार्यक्रममा बोल्दै सरोकारवालाहरूले समन्वयात्मक ढंगले काम गरेमा अलैंची खेतीबाट कृषकको आय वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्र मजबुत बनिरहेकाे बताए ।