झापा, वैशाख १७ —
विश्व मजदुर दिवसको पूर्वसन्ध्यामा एक कार्यक्रमको आयोजना गर्दै बिर्तामाेड ५ स्थित न्युटन्स एजुकेशन एकेडेमी स्कुलले आज आफ्ना चालक (ड्राइभर) , सहचालक र सिस्टरलाई सम्मान गरेको छ।
भाली शुक्रबार परेकाे १३७औं मजदुर दिवशकाे पुर्व सन्ध्यामा आज बिहिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा चालक, सहचालक र सिस्टरहरूलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा लामो समयदेखि विद्यालयको सेवा गर्दै आएका चालक र सिस्टरहरूको मेहनत, अनुशासन र समर्पणको कदर गर्दै मायाकाे चिनाे प्रदान गरी सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुंमागाँईले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक हुंमागाँईले दैनिक विद्यालय सञ्चालनमा चालक , सहचालक र सरसफाई सहितका काममा कार्यरत सिस्टरहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे।
मजदुरहरूको हक–अधिकार सुनिश्चित गर्न यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश दिने सराेकारवालाले बताएका छन् ।
कार्यक्रमकाे सन्चालन शिक्षिका पवित्रा पाैडेलले गरेकी थिईन । भाेली शुक्रबार मे १ अर्थात् विश्व मजदुर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।









































