बिर्तामाेड ३ बिर्ताबजार स्थित महेन्द्र रत्न मा.वि.काे विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्री प्रसाद न्यौपाने चयन भएका छन्।
आज बसेकाे विद्यालय व्यवस्थापन समितिको बैठकबाट न्यौपानेलाई अध्यक्षमा चयन गरिएको हो।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा आफू प्रतिबद्ध रहने बताएका छन्।
उनले विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विद्यालयको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।विद्यालय परिवारले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।










































