झापा
मेची सब डिभिजन वन कार्यालयको आयोजनामा सब डिभिजन स्तरीय समन्वय बैठक सम्पन्न आज भएको छ।
सराेकारवाला निकायलाई एकै ठाउँमा उपस्थित गराएर आज बुधबार धुलाबारी स्थित मेचि उद्योग वाणिज्य संघकाे सभाहलमा सब डिभिजन स्तरीय समन्वय बैठक गरिएकाे हाे ।

मेचिनगर नगरपालिकाकाे उपप्रमुख मिना उप्रेतीकाे प्रमुख आतिथ्य तथा डिभिजन बन कार्यालय झापाका वन अधिकृत राम भगत यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी सहित सराेकारवालाकाे उपस्थिति रहेकाे थियाे ।

वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा वनसँग सम्बन्धित गतिविधिहरूलाई प्रभावकारी बनाउन आयोजित बैठकमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको मेची सव डिभिजन वन कार्यालयका प्रमुख सुरज निराैलाले जानकारी दिए ।
उनले मेची सव डिभिजनकाे नाममा रहेकाे मेचिनगर १० मा रहेकाे जग्गा नाप जाँच गरि भवन बनाउने प्रकिया अगाडि बढाउन पहल गर्ने बिषयमा मुख्य एजेन्डा केन्द्रित भएकाे थियाे । हाल उक्त जग्गा अरू कसैले उपभाेग गरिरहेकाे बताउँदै जग्गा खाली गराएर अघि बढ्ने निर्णय भएकाे छ ।
मानव वन्यजन्तु सह अस्तित्व कायम गर्न उपयुक्त विधि अपनाउन सबैकाे साझा धारणा बनाएर अघि बढ्नु पर्ने तथा
बैठकमा वन अतिक्रमण नियन्त्रण, अवैध कटानी तथा चोरी निकासी रोकथाम, डढेलो नियन्त्रण, जैविक विविधता संरक्षण तथा वन क्षेत्रको दिगो व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
अतिक्रमणमा परेका वन क्षेत्र खाली गरेर बृक्षाराेपण गर्ने समेत जनाईएकाे छ ।
मेचि सव डिभिजनका साहयक वन अधिकृत सुरेश कुमार खनालले सन्चालन गरेकाे कार्यक्रममा स्वागत सहित ओैचित्यमाथि प्रकाश सव डिभिजनका प्रमुख सुरेश निराैलाले गरका थिए ।
कार्यक्रममा सहभागीहरूले वन संरक्षणका कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
साथै, वन अपराध नियन्त्रण तथा प्राकृतिक स्रोतको संरक्षणका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।याे बैठकबाट समस्या पहिचान गरेर अर्काे बैठकबाट टुंगोमा पुर्याउने निचाेड निक्लिएकाे जनाईएकाे छ ।










































