झापा दमक ८ की २१ वर्षीया रमा तिवारीको हत्यामा संलग्न एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज शुक्रबार सांझ पत्रकार सम्मेलन मार्फत तिवारीको हत्यमा संमलग्न भारतिय नागरिक भारतको बिहार राज्य स्थित अररिया ग्राम पन्चायत घर भई दमक नगरपालिका ५ मा बस्दै आएका ३४ वर्षीय राकेश  कुमार पण्डितलाई पक्राउ गरिएको जनाएको हो ।  प्रहरीले तिवारीको हत्या भएको करिब १० दिनपछि मुख्य आरोपितलाई सार्वजनिक गरेको हो । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी ज्यान सम्बन्धी तथा जबर्जस्ती करणी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार हत्यामा संमलग्न भनिएका  पण्डित दमक बजार क्षेत्रमा  टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएका ब्यक्ति हुन् ।  प्रहरीले उनलाई हिजो सांझ २१ गते उनको डेराबाट राती ११ बजे पक्राउ गरेको जनाएको छ । दमक इप्रकाका डिएसपी हरी बस्नेतको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । 

images-1

प्रहरीका अनुसार घरबाट राती ९ बजे निक्लीएकी रमाको घटना घटाउने पण्डित संग भेट हुन्छ । त्यस पश्चात यौन प्रस्ताब राखेपछि पैसाको बार्गेनिंग हुन्छ र उनले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा तिवारीसँग दुई पटक शारीरिक सम्बन्ध राख्छन् ।  सोही रकमको विषयलाई लिएर दुवैबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

विवाद चर्किएपछि पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खुल्न गएको एसपी खड्का बताउंछिन् । त्यस पश्चात पण्डित डेरा कोठामा जान्छन् । त्यस पश्चात घांटीमा कस्ने पाइप सहित मोटरसाइकिलमा शबलाई मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि फालिएको अनुसन्धानबाट खुलेको छ।

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेको थियो। शवको पहिचान भएपछि प्रहरीले प्राविधिक विश्लेषण, मोबाइल फोनको विवरण तथा स्थानीय सूचनाका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको दुई वटा मोटरसाइकल, मोवाइल , आधार कार्ड, एटिएम  समेत बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।