बिर्तामोड नगरपालिकाको आयोजनामा यहि जेठ ३० र ३१ बिर्तामोडमा रोजगार मेला’ गरिने भएको छ । आज शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । नगरपालिकाले रोजगार मेलाकालागि निजी क्षेत्र र सरोकारवालाहरुसंग आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्य, बिर्तामोड नगरपालिकाको आयोजना तथा नगरेको रोजगार शाखाको समन्वयमा कार्यक्रम गर्न लागिएको बताइएको छ ।
बेरोनगारलाई रोजगारीमा जोड्ने, सीप सम्बन्धी जानकारी, सामाजिक सुरक्षाको जानकारी र व्यवसायजन्य सुरक्षा प्रदान गर्ने हेतुले मेलाको आयोजना गर्न लागिएको रोजगार शाखाका संयोजक शोमनाथ भट्टराईले जानकारी दिए ।
नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रोजगार बिज्ञ सेवक बजगांईले गरेका थिए । कार्यक्रममा अधिकाशं बक्ताहरुले नेपालमा बेरोजगारीहरुको संख्या उल्लेख्य भए पनि दक्ष कामदारको कमी भएको बताएका थिए । उनीहरुले क्षमतावान तथा दक्ष कामदारहरुको अभावमा भारतीय नागरिकले बाध्यताबश रोजगारी दिनु परेको उल्लेख गरे । साथै उनीहरुले पछिल्लो समय बैदेशिक मोहले गर्दा युवा कामदार अभाव भइरहेको तथा तालीम सहित सीप सिकाएर दक्ष बनाउंदा बनाउंदै बिचबाट नै छोडेर जाने गरेका समस्या राखेका थिए ।
रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको नगर उप प्रमुख नगेन्द्र संग्रौलाले जनाकारी दिए र
बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।
२५ वटा बढी स्टल मेलामा रहने जनाइएको छ । मेला बिर्तामोड स्थित अतिथि सदनमा हुने बताइएको छ । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , इप्रका बिर्तामोडका डिएसपी सन्तोष पाठक सहित अन्य उद्योगी तथा व्यवसायीले आ आफ्नो क्षेत्रमा देखिएका समस्याका बिषयमा कुरा राख्दै समस्या सामधानकालागि स्थानीय सरकारको ध्यानकषर्ण गराएका थिए ।










































