बिर्तामोड ।
झापा दमककी रमा तिवारीकाे हत्यामा संमलग्नलाई प्रकाउ गर्न सफल भएकाे भन्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँच जना प्रहरीलाई पुरस्कृत गरिएकाे छ ।
तिवारी हत्या प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै डीएसपी बस्नेत, प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगरलाई पुरस्कृत गरिएकाे हाे ।
झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले डीएसपी बस्नेतसहितको प्रहरी टोलीलाई नगदसहित पुरस्कृत गरेकी हुन् ।
उनीहरूलाई क्रमशः १५००, १४००, १०००, ९०० र ८०० रुपैया पुरस्कार प्रदान गरिएको छ ।
उक्त टोलीले दमक–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा ९ दिनसम्म गहन अनुसन्धान गरी अभियुक्त भारतीय नागरिक राकेशकुमार पण्डितलाई पक्राउ गर्न सफल भएको थियो ।










































