झापा । आफूलाई नेपाल प्रहरीको ब्युरोमा कार्यरत प्रहरी कर्मचारी भएको परिचय दिँदै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूले आफूहरू नेपाल प्रहरीको ब्युरोबाट आएको भन्दै सर्वसाधारणलाई डरत्रास देखाई नगद तथा विभिन्न सामान लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले २५ हिजाे सांझ साढे ५ बजेतिर बर्ष ३३ काे मेचिनगरपालिका वडा नं ६ साठिविगाह बस्ने प्रलाद कार्की र बर्ष २३ काे मेचि न.पा . ६ पालियाखोला बस्ने विशाल बास्कोटालाई प्रकाउ गरेकाे हाे ।
सूचना प्राप्त भएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ ।
साथै उनीहरूकाे साथबाट (प्लास्टिक सहित १.९५०)एक ग्राम नौ सय पचास मिलिग्राम प्लास्टिक बाहेक(१.९१०) एक ग्राम नौ सय दश मिलिग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोईन बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका दुवैमाथि ठगी तथा लुटपाट सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सम्बन्धित प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि व्यक्तिले प्रहरी भएको परिचय दिँदा आवश्यक परिचयपत्र मागेर मात्र विश्वास गर्न तथा शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ।










































