नेपाल पर्यटन बाेर्डकाे आयाेजनामा झापाकाे बिर्तामाेडमा दुई दिने  हस्पिटालिटी र हाइजिन ट्रेनिङ बिर्तामाेडमा सुरू भएकाे छ । 

तालिमकाे आज आईतबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएकाे  छ ।  तालिम आज र भाेली दुई दिन सम्म चल्ने बताईएकाे छ  । 

हाेटल व्यवसायी महासंघकाे समन्वय र हाेटल व्यवसायी संघ झापाकाे सहकार्यमा तालिम भईरहेकाे हाे । 

आतिथ्यता क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि तथा सरसफाइसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले हस्पिटालिटी एण्ड हाइजिन सम्बन्धी तालिम सुरु गरिएको हाेटल व्यवसायी संघ झापाकाे अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिईन । 

सहभागीलाई व्यवहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरी सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ।

बिर्तामाेड नगरपालिका उप प्रमुख नगेन्द्र प्रसाद संग्राैलाकाे प्रमुख आतिथ्यतामा उद्घघाटन भएकाे कार्यक्रममा स्वागत हाेटल व्यवसायी संघ झापाका  बरिष्ठ उपाध्यक्ष ख्याम ओलीले गरेका थिए । 

 तालिममा आतिथ्य सत्कारका आधारभूत सिद्धान्त, खाद्य सुरक्षाका मापदण्ड, व्यक्तिगत तथा कार्यस्थल सरसफाइ, ग्राहक सेवा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिनेछ। 

प्रशिक्षक निरज श्रेष्ठ, यज्ञराज कडरियाले तालिममा सहजिकरण गर्ने बताईएकाे छ । 

हाेटल व्यवसायी संघ झापाकाे अध्यक्षता ईन्दिरा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सन्चालन संघकाे  महासचिव शिबराज पाैडेलले गरेका थिए । 

तालिममा होटल तथा रेष्टुरेन्ट व्यवसायसँग आबद्ध ४० व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

तालिमले पर्यटन तथा होटल व्यवसायमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्दै सुरक्षित र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि संग्राैला,  हाेटल व्यवसायी महासंघकाे केन्द्रीय सचिव भुपेन्द्र न्याैपाने, क्षेत्रीय हाेटल व्यवसायी शिबसताक्षिका अध्यक्ष किरण ओली लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा हाेटल व्यवसायी काेशी प्रदेश सदस्य, नर्वु लामा , क्षेत्रिय हाेटल व्यवसायी संघ दमक अध्यक्ष याेगराज दङ्गाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।