झापाकाे बिर्तामाेडमा आयाेजना भएकाे  दुई दिने  हस्पिटालिटी र हाइजिन ट्रेनिङ समापन भएकाे छ । 

नेपाल पर्यटन बाेर्डकाे आयाेजना,  हाेटल व्यवसायी महासंघकाे समन्वय र हाेटल व्यवसायी संघ झापाकाे सहकार्यमा तालिम सम्पन्न भएकाे हाे । तालिम जेठ ३१ र असार १ गते बिर्तामोडमा भएकाे हाे । 

FB_IMG_1781603714917

 पर्यटन बोर्ड शाखा अधिकृत रोबिन रेग्मीकाे प्रमुख आतिथ्यामा ४० जना प्रशिक्षार्थिलाई प्रमाण पत्र बितरण गरिएकाे  हाेटल व्यवसायी संघ झापाकाे अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन । 

  आतिथ्यता क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि तथा सरसफाइसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले हस्पिटालिटी एण्ड हाइजिन सम्बन्धी तालिम दिइएकाे   श्रेष्ठले जानकारी दिईन । 

सहभागीलाई व्यवहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरी सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यका साथ कार्यक्रम गरिएकाे जनाईएकाे छ ।  

तालिममा आतिथ्य सत्कारका आधारभूत सिद्धान्त, खाद्य सुरक्षाका मापदण्ड, व्यक्तिगत तथा कार्यस्थल सरसफाइ, ग्राहक सेवा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएकाे जनाइएकाे छ। 

प्रशिक्षक निरज श्रेष्ठ, यज्ञराज कडरियाले तालिमकाे  सहजिकरण गरेका थिए । 

तालिममा होटल तथा रेष्टुरेन्ट व्यवसायसँग आबद्ध ४० व्यक्तिहरूको सहभागिता रहेको थियाे । 

तालिमले पर्यटन तथा होटल व्यवसायमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्दै सुरक्षित र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास गरिएको छ।