झापा, असार ५ ।
झापाको कन्काई नगरपालिकामा आज सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । खेत जोतेर सडकमा निकल्दैं गरेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा बाबु छोरीको मृत्यु भएको हो ।
आज शुक्रबार मध्यान्ह १२ बजे कनकाईनगरपालिका ५ स्थित तुलसीवारी चोकको सडकखण्डमा सुरुङ्गावाट झापा बजारतर्फ जादै गरेको मे .४प ५८५ नं. को मोटरसाइकल र खेत जोतेर सडकमा निक्लदै गरेको मे . १ त ७४०४ नं को ट्रयाक्टर एकआपसमा ठोकिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका वडा नं ३ बस्ने बर्ष २० का समिर अली र पछाडी सवार उनकी आमा बर्ष ४५ की नुरेश सादेवी, उनकी छोरी बर्ष ५ की हाजिरा खातुनसमेत तीन जना घाइते भएका थिए ।
घाइतेहरुलाई कन्काई नगर अस्पताल सुरुङ्गा पठाइएको थियो । तर अस्पताल पुग्नसाथ चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए । नुरेश सादेवीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्हरीले जनाएको छ ।
मोटरसाइकल , ट्रयाक्टर र ट्रयाक्टर चालक कनकाई वडा नं। ५ बस्ने बर्ष ४६ का चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































