राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्यमा झापा अर्जुनधारा निवासी भरत यादवले उम्मेदवारी दिने भएका छन् । आगामी आइतबार देखि मंगलबारसम्म असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने यादवले  बताएका छन् । 

हाल यादव रास्वपाको मानव विकास प्रवर्द्धन विभाग प्रमुख कोशी प्रदेशको जिम्मेवारीमा छन्। यादव सामाजिक अभियन्ता हुन् । उनी रगत खोजी तथा व्यवस्थापन, मानव उद्धार, हरियाली अभियान, मेची–महाकाली सरसफाइ अभियान, जनावर संरक्षण तथा लागूऔषध नियन्त्रणलगायतका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका युवा हुन् । यादव झापामा तत्कालीन  कोभिड–१९ को महामारीका बेला अक्सिजन व्यवस्थापन, बिरामीको उपचारमा सहयोग तथा विपन्न र असहाय नागरिकको सेवामा निरन्तर खटिएका थिए । 

WhatsApp Image 2026-06-19 at 21.05.30

यसैगरी, घरविहीनका लागि आवास व्यवस्थापन, सडक आश्रित नागरिकको संरक्षण तथा अभिभावकविहीन व्यक्तिहरूको सहयोगमा पनि उनको सक्रियता उत्तीकै महत्वपुर्ण छ । 

यादवलाई कोशी प्रदेशसहित देशभरका कार्यकर्ता र नागरिकको आवाज केन्द्रीय तहसम्म पुर्‍याउन सक्ने सक्षम, ऊर्जाशील तथा जनमुखी नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। समर्थकहरूले समाजसेवा, जनसरोकारका विषयमा सक्रियता र नेतृत्व क्षमताका आधारमा उनलाई  केन्द्रीय सदस्यका लागि उपयुक्त उम्मेदवार भएको बताउंदै उनको विजयले पार्टीभित्र सुशासन, पारदर्शिता र परिवर्तनको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। उनलाई  अत्यधिक मतका साथ विजयी गराउन प्रतिनिधि तथा मतदातासँग आग्रह गरिएको छ।

रास्वपाको विधान अनुसार ९९ जना निर्वाचित हुने व्यवस्था छ । हरेक प्रदेशबाट खुलातर्फ समावेशीताका आधारमा अनिवार्य पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने विधानको व्यवस्था छ ।