काठमाडौँ — प्रविधिको दुनियाँका सम्राट्का रूपमा परिचित एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर ९खर्बपति० बनेका छन् । स्पेसएक्स, टेस्ला, एक्स र ग्रोक कम्पनीका मालिक मस्कसँग १३ खर्ब ९१।३ ट्रिलियन० अमेरिकी डलर बराबर सम्पत्ति रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ । 

अक्टोबर २०२५ मा मस्कको कुल सम्पत्तिले पहिलो पटक ५ सय अर्ब डलरको आँकडा पार गरेको थियो । यति धेरै सम्पत्ति आर्जन गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् । यी सबै कम्पनीका सेयर सर्वसाधारणका लागि जारी भएपछि मूल्य बढेर उनी ट्रिलिनियर बनेका हुन् । 

राजनीतिमा पछिल्ला वर्षमा मस्कको प्रभाव बढ्दो छ । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेका थिए । दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका मस्क सानैदेखि व्यावसायिक रूपमा कौशल छन् । आफ्ना दाजुसँग मानिसका घरघरमा चकलेट र अन्डा बेच्न जाने मस्कले १२ वर्षको उमेरमै कम्प्युटर गेम डेभलप गरेका थिए । आमा–बाबुको डिभोर्सका कारण आफ्नो बाल्यकाल जटिल बनेको उनले बताउँदै आएका छन् । विद्यालयमा हुने दुर्व्यवहार र अस्पेर्गर सिन्ड्रोमका कारण बाल्यकालमा आफूलाई सामाजिक रूपमा घुलमिल हुन कठिन हुने गरेको उनको भनाइ छ ।