भारतको सिलिगुडीनजिक बागडोगरा क्षेत्रमा दुर्घटनामा परि घाईते भएका बिर्तामाेडका एक युवाकाे मृत्यु भएकाे छ । 

  तीव्र गतिको कार आज साँझ ५ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

बाग्मती प्रदेश ०१ ०३२ च १६८० नम्बरको कार दुर्घटना हुँदा झापाको बिर्तामोड-५ का २३ वर्षीय अमित चौधरी गम्भीर घाइते भएका थिए ।  उनी बिर्तामाेडका अलैंची व्यवसायी भरत चौधरीका छोरा हुन् ।

FB_IMG_1781968568724

घाइते चाैधरीको बागडोगरस्थित ग्यालेक्सी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।  

आज दिउँसो सीमावर्ती सहर काँकरभिट्टाबाट करिब २३ किलोमिटर टाढा बागडोगरामा कार दुर्घटना भएको थियाे । दुर्घटनापछि कार झन्डै दुई टुक्रा भएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइते चालकलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको थियाे ।