झापा । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं कर्मचारी मिलन केन्द्रका सल्लाहकार संयोजक उमेशप्रसाद लुइटेलको काठमाडौं जिल्ला अदालतमा सरुवा भएको छ । कर्मचारी मिलन केन्द्र झापाले सोमबार प्रमुख न्यायाधीशलाई विदाई कार्यक्रम गरेको छ।
करिब २२ महिना अगाडी सरुवा भएर झापा आएपछि अदालतको न्याय सम्पादन प्रक्रियामा कार्यालय प्रमुखहरूबाट अपेक्षा गरे बमोजिमको समन्वय र सहयोग पाएको प्रमुख न्यायाधीश लुइटेलले बताएका छन् । उनले न्यायाधीशलाई राज्यले सुम्पिएको निर्वाचनको जिम्मेवारीमा समेत कर्मचारी वर्गबाट अधिकतम सहयोग पाएकोले कर्मचारीहरुलाई धन्यवाद समेत दिएका छन।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न विदाई तथा फेरि भेटौला कार्यक्रममा सरुवा भएका प्रमुख न्यायाधीश लुइटेललाई प्रमुख जिल्ला अधिकारी गेलालले शुभकामना व्यक्त गरेका थिए।
बिदाई कार्यक्रमको अध्यक्षता कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष सागर मिश्रले र संचालन केन्द्रका महासचिव एवं कारागार कार्यालय झापाका प्रमुख रेवन्त भट्टराईले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का समेतको उपस्थिति रहेको बिदाई कार्यक्रममा केन्द्रले जिल्ला प्रशासन कार्यालय झापाका झापाका प्रमुख न्यायाधीश लुइटेल र सहायक प्रजिअ न्यौपानेलाई गरियो विदाई गरेको थियो।
झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतका अनुसार झापा जिल्ला तथा स्थानीय तहहरूमा कार्यरत निजामती र सार्वजनिक सेवाका कर्मचारीहरूद्वारा गठन गरिएको कर्मचारी मिलन केन्द्र एक स्वतन्त्र, गैर(राजनीतिक र साझा संस्था हो। यसको मुख्य उद्देश्य कर्मचारीहरूबीच भाइचारा, एकता र बन्धुत्वको भावना विकास गर्नु रहेको छ। सो केन्द्रमा जिल्ला न्यायाधीश सल्लाहकार संयोजक र प्रमुख जिल्ला अधिकारी संरक्षक रहने व्यवस्था रहेको छ ।










































