बिर्तामोड । 


गुरु पूर्णिमा एवं व्यास जयन्तीको अवसर पारेर सनातन धर्म सेवा समिति झापाले पण्डित भानुभक्त अधिकारीलाई अभिनन्दन गरेको छ । बिर्तामोड–४ भद्रपुर रोडमा रहेको सनातन धर्म सेवा समिति जिल्ला शाखाको आज ९बुधवार० संस्था स्थापनाको ४३ औँ गुरु पूर्णिमा  तथा संस्थाले मनाउँदै आइरहेको २८ औं व्यास जयन्तीको अवसरमा पण्डित  अधिकारीलाई अभिनन्दन गरिएको हो । 


बिर्तामोड–२ चारपाने निवासी पण्डित अधिकारीलाई कार्यक्रमकि प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले  अभिनन्दन गरेकी हुन् ।


 अभिनन्दित अधिकारीले समाजमा पु¥याएको योगदान र सनातन धर्म रक्षाका लागि विगत लामो समयदेखि शिक्षाको  क्षेत्रबाट र आध्यात्मिक क्षेत्र मार्फत विभिन्न अनुष्ठान र पुराणहरूको माध्यमले विद्यालय स्थापना सञ्चालन र पठनपाठन गराउँदै पु¥याएको सहयोग तथा समाज रूपान्तरणमा पु¥याएको योगदान को कदर गर्दै सम्मान गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए । 


अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले गुरुहरूले  प्रदान गर्ने शिक्षादिक्षाका कारण मानव सभ्यताको विकाससँगै शिक्षित समाजको विकास भएको बताइन् । धर्म संस्कृति रीतिरिवाज परम्परालाई जगेर्ना गरेर मात्र आफ्नो पहिचान स्थापित हुने बताउँदै  जीर्ण अवस्थामा रहेको संस्थाको भवन पुनस्निर्माण र  संस्थाको भवनसम्म पुग्ने बाटो निर्माणको लागि सहयोग गर्ने बताएकी छन् । 


संस्थाका कार्यबहाक अध्यक्ष  सोमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डा। रूपक खनालले जीर्ण बन्दै गएको भवनको पुनःनिर्माणमा सवैले छलफल गर्न आवश्यक रहेको बताए । उनले संस्थाको भवन पुनःनिर्माणसँगै बर्षभरीनै बिभिन्न कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा  पूर्व सम्मानीत पं। दामोदर पोखरेल, हरिप्रसाद तिम्सिनालगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । 


कार्यक्रममा पं। सोमनाथ गौतम, पं। नारायण भट्टराई नेत्रकुमारी खनाल, पं। पराङकुश पौडेल, नवीन दंगाल, टिकाराम भट्टराइलगायत संस्थाका पूर्व र वर्तमान पदाधिकारीसहित सल्लाहकार  तथा अग्रजहरूको बाक्लो उपस्थिति रहेको थियो । 


डा। पुण्यप्रसाद सिग्देलले ओमकार वाचनबाट सुरु भएको कार्यक्रमको स्वस्तिवाचन तथा स्वागत ज्योतिष पं। विष्णुप्रसाद बास्तोलाले गरेका थिए भने सञ्चालन  संस्थाका सचिव लक्ष्मीप्रसाद दंगालले गरेका थिए ।संस्थाका कोषाध्यक्ष दाताराम तिम्सिनाले हवन कार्यमा प्रयोग गरिने सुरो प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्वलाई प्रदान गरेका थिए ।