बिर्तामोड ।
लायन क्लव अफ बिर्तामोड स्मार्ट लेडीले सामुदायिक कुकुरलाई खाना खुवाएको छ । स्मार्ट लेडीले विहीवार झापााको बिर्तामोड आसपासका बिभिन्न स्थानका ४५ वटा सामाुदायिक कुकुरहरुलाई खाना खुवाएको अध्यक्ष सुरु भुर्तेल खनालले जानकारी दिइन् । बिर्तामोड बजार क्षेत्रसहित आसपासका ४५ वटा सामाुदायिक कुकुरलाई मासुभात खुवाएको बताइएको छ ।
उक्त कार्यक्रmममा लायन क्लवका एओजी सत्यनारायण शर्मा, स्मार्ट लेडीकी फष्ट भिपी गोमा मैनाली, सेकेण्ड भिपी पुनम उप्रेती, कोषाध्यक्ष निर्जला उप्रेती, सह–कोषाध्यक्ष बन्दना उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी स्मार्ट लेडीले आँखादान घरदैलो अभियान पनि सुरु गरेको छ । गत साउन ११ गतेदेखि घर–घरमा गएर स्वैच्छिक रुपमा आफ्नो मृत्युपछि आँखादान गर्नेहरुको घर–घरमा गएर अभियान सञ्चालन गरिदै आएको अध्यक्ष सरुले बताइन् । अध्यक्ष सरुका अनुसार आँँखादान अभियान अन्तरगत ९० बर्षीया प्रेमकुमारी बोहोरासहित ६ जनाले आँखादान गरिसकेका छन् भने एक सय आँखादान पूरा भएपछि मेची आँखा अस्पताललाई फारम हस्तान्तरण गरिनेछ ।










































