बिर्तामाेड: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट प्रभावित आफ्ना शेयर सदस्यलाई राहत उपलब्ध गराएकाे छ ।

दुई दिन अघि बिहिबार बिहान बिर्तामाेड ५ स्थित डाँडा गाउँमा आगलागि भएर पीडित बनेका तीन जना शेयर सदस्यलाई संस्थाले आज शनिबार राहात उपलब्ध गराएकाे हाे । 

  पीडित परिवारलाई दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए ।20260801_160338

संस्थाकाे इमरजेन्सी रेस्पाेन्स सेन्टर (ईआरसी ) अन्तरगत सन्ताेषी सहारा महिला समुह नम्बर ३१६  कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीलाई आज घरमै पुगेर खाध्यन्न, लत्ताकपडा सहित अत्यावश्यक सामाग्री प्रदान गरिएकाे संस्थाकाे बिर्तामाेड अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए । 

20260801_160528आपत्त बिपत्तकाे समयमा गरिब तथा दुःखि कसैले पनि दुई छाक खान र आधारभुत आवश्यकताबाट बन्चित हुनु नपराेस भनेर संस्थाकाे कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीकाे परिकल्पनामा स्थापनामा गरिएकाे( ईआरसी) अन्तरगत सदस्यलाई सहयाेग उपलब्ध गराईएकाे रायले बताए । 

संस्थाले तत्काल अत्यावश्यक राहत प्याकेज अन्तरगत चामल, दाल, तेल, बल्याङकेट, मेट्रेस, त्रिपाल , झुल, भाँडाकुंडा एक सेट, राईस कुकुर, प्राथमिक सहायता सामाग्री   उपलब्ध गराएकाे संस्थाकाे बिर्तामाेड शाखा प्रमुख सागर ओझाले जानकारी दिए । 

विपद्को समयमा सदस्यको साथमा उभिनु सहकारीको सामाजिक उत्तरदायित्व भएको   सहारा नेपाल साकाेस बिपत्त ब्यवस्थापन उप समिति संयाेजक हेमराज खड्काले बताए । 

राहत प्राप्त गरेपछि पीडित परिवारले कठिन परिस्थितिमा सहयोग गरेकोमा सहकारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्। राहत हस्तानतरण कार्यक्रम कर्मचारी दुर्गाप्रसाद बिक गहतराज सहित अन्यकाे उपस्थिति रहेकाे थियाे । 

सहकारीले आगामी दिनमा पनि सदस्यहरूको सुख–दुःखमा साथ दिँदै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सुकुम्बासी बस्तीमा रहेकाे साे स्थानमा विद्युत सर्ट भएर सो आगलागी भएको आशंका गरिएको छ ।  आगलागीबाट अन्दाजी ६० लाख बढीकाे  क्षति भएको प्रहरीले जनाएकाे छ ।