द ब्यूटी वल्ड मेकअप पार्लर ट्रेनिङ एण्ड सर्भिस सेन्टर बिर्तामाेडले आफ्नो स्थापनाको चार वर्ष सफलतापूर्वक पूरा गरेकाे छ ।

पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आज ब्यूटी वल्डले  वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रशिक्षार्थी,  शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

20260803_124314 कार्यक्रममा केक काटेर पाँचौँ वर्षमा प्रवेशको औपचारिक घोषणा गरिएको थियो भने प्रशिक्षार्थीहरू २४ जनालाई सम्मान गरिएकाे थियाे । 

कार्यक्रममा  सौन्दर्य तथा व्यावसायिक सीप विकासका क्षेत्रमा द ब्यूटी वल्डले आगामी  दिनमा अझ गुणस्तरीय तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएकाे सन्चालक वत्सल भट्टराईले बताए ।

  सेन्टरका सञ्चालक भट्टराईले विगत चार वर्षदेखि सौन्दर्य तथा स्वरोजगारमूलक तालिम प्रदान गर्दै युवायुवतीलाई आत्मनिर्भर बनाउन केन्द्रित रहेको बताउँदै आगामी दिनमा सेवाको दायरा थप विस्तार गरिने जानकारी दिए।

ब्यूटी वल्डमा ३ सय ५० बढी बिद्यार्थी रहेका छन् । बिर्तामाेडमा मुख्य कार्यालय रहि देशभरका ४० बढी ठाउँमा फेन्चाईज रहेकाे अर्का सन्चालक भगवान बस्नेतले जानकारी दिए ।

वल्डले गरिब , विपन्न तथा जेहेनदार ४ सय बढीलाई निशुल्क तालिम प्रदान दिईरहेकाे सन्चालक भट्टराईकाे भनाई छ । बार्षिक उत्सवकाे अवसरमा आज ब्यूटी वल्डले गरामनी स्थित दुर्गा मा.बि.का दृष्टिबिहिनलाई मादल र साउण्ड सिस्टम प्रदान गरेकाे जनाएकाे छ ।

त्यस्तै बिर्तामाेड ४ मा रहेकाे तारा नमस्ते बालग्रामका ३२ बालबालिकालाई तन्ना र झुल वितरण गरिएकाे बताईएकाे छ । द ब्यूटी पार्लर ट्रेनिङ सेन्टरमा माइक्रो सेडिङ (Micro Shading), नेल आर्ट, ब्राइडल तथा पार्टी मेकअप, हेयर कट तथा हेयर स्टाइलिङ,

फेसियल, स्किन केयर, आइब्रो डिजाइनिङ लगायतका आधुनिक सौन्दर्यसम्बन्धी व्यावसायिक तालिम सञ्चालन हुँदै आएका छन्अनुभवी प्रशिक्षकद्वारा प्रदान गरिने यी तालिमहरूले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै स्वरोजगार र उद्यमशीलता विकासमा टेवा पुर्‍याइरहेकाे छ ।