रसुवाको भोटेकोशीमा गत भदौं १० गते आएको बिनाशकारी बाढीका कारण नेपाल महाविपत्तिकोे अवस्थामा रहेको भन्दै नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
इक्यान झापाले ‘दुःखको घडीमा थोरै भए पनि सहयोग गरेको अध्यक्ष राज कार्कीले जानकारी दिए । बाढीमा परी ज्यानगुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो । साथै वेपत्ताहरु चाँडै सकुसल फेला परुन भन्ने कामना सहित इक्यानले आज शनिवार साँझ बिर्तामोडस्थित मुक्तिचोकमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरेको थियो ।
इक्यानको ३० औं स्थापना परेको भएपनि देशमा घटेको दुःखद घटनाले पुर्व निर्धारित सवै कार्यक्रम स्थगित गरिएको बताउंदै इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिए ।
इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत बाढीपिडीतका लागि राहत सहयोग गरिसकेको बताउँदै अन्य किसिमको सहयोग संकलन गर्ने कार्य पनि भइरहेको बताए । इक्यान झापाका अतिरिक्त विभाग प्रमुख सरोज खरेलको संयोजकत्वमा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, इक्यान झापाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन इक्यान झापाका संगठन विभाग प्रमुख मोहन पराजुलीले गरेका थिए ।









































