झापा : भोटेकोशी बाढी प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सिंगापुर बेभरेजेज नेपाल प्रा.लि. ले २० लाख रूपैंया सहयाेग गर्ने भएकाे छ । 

 रसुवा लगायतका जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिंगापुर बेभरेजेज नेपाल प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीका निर्देशक आशिष शर्माले जानकारी दिए । 


कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। 

साथै घाइते तथा प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता प्रकट गरिएको छ।विपद्को विषम परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ। 

सहयोगमा कम्पनीसँगै सम्पूर्ण कर्मचारीहरूको संयुक्त योगदान रहने विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले राष्ट्र र नागरिकमाथि परेको कठिन घडीमा कम्पनी तथा कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वस्वरूप सहयोग प्रदान गर्न लागिएको जनाएको छ।

सिंगापुर बेभरेजेज नेपाल प्रा.लि.ले ‘लेमनजाआ निम्बु पानी’ लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ।