अर्जुनधारा: नेपाल बुद्धिजीवी परिषदको प्रथम अर्जुनधारा नगरस्तरीय भेला शनिबार सम्पन भएको छ । परिषदले गत वर्ष स्थानीय तहस्तरसम्म कमिटी संरचना रहने गरी विधान संशोधन गरेकोले सबै स्थानीय तहहरुमा कमिटी गठन गर्ने अभियान अन्तर्गत भेला आयोजना गरिएको हो ।
नेकपा एमाले अर्जुनधारा नगर कमिटीको कार्यालय, शनिश्चरेमा आयोजित भेलाले कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्ष, सचिव, दुईजना उपसचिव र कोषाध्यक्षमा क्रमशः देवीप्रसाद गौतम, चन्द्र खत्री, रञ्जना कार्की, केशव खनाल र दुर्गादेवी गिरी चयन भएका छन् भने सदस्यहरुमा राजेश कार्की, यज्ञप्रसाद सिटौला, सञ्जय अछामी, तोयानाथ काफ्ले, कृष्णप्रसाद भट्टराई , लक्ष्मी रिजाल, कृष्णकुमार भट्टराई , शुक्रराज घिमिरे र खेम रेग्मी निर्वाचित भएका छन् । यसैगरी भेलाले रुद्रबहादुर न्यौपाने र हेमबहादुर पौडेललाई परिषदको प्रदेश प्रतिनिधि चयन गरेको छ ।
परिषदको झापा जिल्ला कमिटीको कोषाध्यक्ष कमला आचार्य उप्रेतीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि जेष्ठ कम्युनिष्ट मञ्चको झापा संयोजक बद्री ओली, नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्यहरु बद्री भट्टराई र दीपेन्द्र लम्साल, एमाले नगर कमिटी उपाध्यक्ष लोकमान श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, झापा जिल्ला समिति उपाध्यक्ष पुण्य
सुवेदी लगायतले बुद्धिजीवीहरुको सङ्गठनको आवश्यकता, बुद्धिजीवीहरुको जिम्मेवारी , पार्टीसँगको सम्बन्ध, नवगठित नगर कमिटीको कार्यभारका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नेकपा एमाले नगर कमिटी सचिव लवकुश गौतमले गरेका थिए ।