माइधाम : श्रीकृष्ण बाइजुराज महिला समिति नेपाल प्रदेश न.१ जिल्ला कार्य समिति झापाको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ कार्यक्रम गरिएको छ । 

शनिबारको दिन माइधाममा रहेको श्रीकृष्ण प्राणमी मन्दिर मा  जिल्ला अन्तर्गतका सवै बाइजुराज इकाइहरुलाई एक वापसमा जोड्ने  उदेश्य लिएर आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ कार्यक्रम गरिएको बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा अधिकारी ओलीले जानकारी दिइन् । 

युवा धर्म प्रचारक द्वोय नबिनकृष्ण शास्त्री महाराज र घनश्याम प्रियचार्य महाराजको उपस्थितिमा भएको  उद्ध घाटन कार्यक्रमको प्रमुख अतिथी बाइजुराज महिला समिति प्रदेश न. १ अध्यक्ष गङ्गा घिमिरे रहेकी थिइन ।  

89

जिल्ला अध्यक्ष मिरा अधिकारी ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सत्सङ्ग सेवा परिषद झापाका अध्यक्ष मिलन कुमार बस्नेत युवा परिषद झापाका अध्यक्ष टहलदास ओली लगायतले शुभकामना मनतब्य राखेका थिए । 

युवा परिषद उपाध्यक्ष समर्पण खतिवडा , माइधाम सुरुङ्गा सम्पुर्ण समितिका पदधिकारीहरु सहित सम्पुर्ण इकाई बाट पदाधिकारी तथा सदस्य  सुन्दरसाथहरुको उपस्थिति रहेको थियो । 

बाइजुराज उपाध्यक्ष तारा कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन  जिल्ला सचिव मेनुका सिटौला सङ्ग्रौलाले गरेकी थिइन् ।  प्रतियोगिताको  नियम सहित स्वरुप ब्यवस्थापन युवा परिषद झापाका उपाध्यक्ष सुरज सापकोटाले गरेका थिए । 

प्रतियोगिताको समय निर्धारण बाइजुराज जिल्ला कोषाध्यक्ष कल्पना वाग्ले तिम्सिना र सदस्य बिष्णुमाया खरेलले गरेकी थिइन । 

गुप्रहरुको प्रश्न नम्बर ब्यस्थापनको जिम्मेवारी युवा परिषद जिल्ला सदस्य दिनेश कुमार उप्रेती तथा पालो ब्यवस्थापन बाइजुराज जिल्ला सहसचिव तुलसा खतिवडा र स कोषाध्यक्ष पवित्रा मैनालीले गरेका थिए ।  हाजिरी जवाफको प्रश्नोत्तरी मास्टर क्युजको रुपमा नबिनकृष्ण शाश्त्री रहेका थिए । 

 प्रतियोगिताको निर्णायकको भुमिकामा घनश्याम प्रियचार्य , श्रीकृष्ण उप्रेती र गङ्गा घिमिरे रहेका थिए ।   उक्त प्रतियोगितामा डाँढागाँऊ सुकुनाढिकी प्रथम ,चारआली दृतिय र सतगुरु सदन बिर्तामोड इकाई तृतिय भएका थिए । 

प्रतियोगिताको विजेतालाई प्रेमको चिनो र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।  हाजीरी जवाफमा जिल्ला  अन्तर्गतका २५वटा इकाइहरुले सहभागिता जनाएका थिए । 

78

प्रतियोगिता सफल पार्न  जिल्ल्ला कार्य समिति झापाका बाइजुराज पदाधिकारी तथा सदस्यहरु सहित सम्पूर्ण को भूमिका रहेको छ । उक्त कार्यक्रम व्यवस्थापन बाइजुराज माइधाम इकाइले गरेको थियो ।