श्री कृष्ण प्रणामी मंगल मन्दिरको २५ औ वार्षिकोत्सव (रजत जयन्ती ) को अवसरमा महोत्सव र धार्मिक मेलाको  आयोजना गरिने  भएको छ । 

सुर्योदय नगरपालिका ३ मेहेलबोटे स्थित श्री कृष्ण प्रणामी मंगल मन्दिर स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा धर्मिक पर्यटन प्रवद्धनमा टेवा पु¥याउने उदेश्यले धार्मिक मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गोविन्द प्रसाद तिम्सिनाले जानकारी दिए । 

रजत जयन्तीको अवसरमा माघ २२ गतेदेखि २८ गतेसम्म प्रणामी धर्मको मुल ग्रन्थ तारतमवाणीको २५ पाठ पारायण , चर्चा , श्रीमद भागवत कृष्ण कथाको संगीतमय कथा वाचन , भजनकीर्तन संचालन गरिने आयोजक समितिले जनाएको छ । 

रजत महोत्सव तथा धर्मिक मेलाको प्रचार प्रसारको लागि श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला समिति इलामले  प्रदेश स्तरीय युवा भेला तथा गाडी तथा मोटरसाइकल ¥याली समेत आयोजना गरेको परिषद इलामका अध्यक्ष शेखर भट्टराईले जानकारी दिए । 

कृष्णदासजी महाराजले मंगलदासजीको योगदानको बारेमा चर्चा गरेको  कार्यक्रममा युवा परिषद केन्द्रिय उपाध्यक्ष टंक ओझा परिषदका निवर्तमान केन्दिय उपाध्यक्ष यज्ञ ढकाल , केन्द्रिय सल्लाकार कृष्ण प्रसाद सुवेदी , प्रदेश १ अध्यक्ष अनिल ढुंगाना ,  झापा अध्यक्ष टहलदास ओलि , वाइजुराज इलाम जिल्ला अध्यक्ष तारा मिश्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।