श्रीकृष्ण प्रणामी धर्माचार्य,अनन्त श्री बिभुषित, जगदगुरु आचार्य श्री १०८ श्री कृष्णमणिजी महाराज नेपाल आउने भएका छन् ।  झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा रहेको श्री कृष्ण प्रणामी मन्दिर प्रेमधामको कलश अनावरण तथा श्री राजश्यामाजीको सिंहासनमा मुकुट पधरावनी कार्यक्रमकालागि  जगदगुरु कृष्णमणिजी महाराज नेपाल आउन लागेका हुन् । 

उनी भोली बिहिबार दिल्लीबाट ३ बजेको फ्लाइटमा बागडोग्रा बिमानस्थल हुंदै कांकरभिट्टँबाट नेपाल आउने तालिका तय भएको श्री कृष्ण प्रणामी नेपाल युवा परिषद झापा अध्यक्ष टहलदास ओलीले जानकारी दिए । 

उनलाई भब्य स्वागत सहित स्कटिङ गरेर झिलझिले पु¥याइने जनाइएको छ ।  दिनभरीको झिझिलेको कार्यक्रम पश्चात भोली बिहिबार नै उनी श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा सांझ ८ बजे पछाडि आउने कार्यक्रम तय भएको जनाइएको छ । 

त्यस्तै २७ गते शुक्रबार बिर्तामोड स्थित सदगुरु सदन बिर्तामोडको अवलोकन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।  त्यस पश्चात शनिश्चरेमा झापा जिल्ला सेवा समिति अध्यक्ष मिलन कुमार बस्नेतले निजी तवरमा नीजि निवासमा आयोजना गरेको सप्तदिवशीय पाठ पारायणको उपलक्ष्यमा आयोजित शोभायात्रा तथा नगरपरिक्रमा कार्यक्रममा जगदगुरु कृष्णमणिजी महाराज सहभागि हुने कार्यक्रम तय भएको छ । 

सोहि कार्यक्रममा उपस्थित भक्तजन तथा आयोजक परिवारलाई सम्बोधन गर्ने त्यस पश्चात बिदाई हुने कार्य तालिका रहेको जनाइएको छ । पुःन बागडोग्रा बिमानस्थल हुंदै सोहि दिन दिल्ली फर्कने जनाइएको छ ।