श्री कृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल , प्रदेश  १ जिल्ला कार्य समिति झापाको कार्यालय उद्धघाटन गरिएको छ ।  समितिको कन्काई नगरपालिका ४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सचिवालय कार्यालय खोलिएको हो । 

कार्यालयको आज बुधबार एक कार्यक्रमका बिच प्रमुख अतिथि कन्काई ४ का वडाध्यक्ष रोशन सुवेदीले रिबिन काटेर गरेका हुन् । 

यस अघि कार्यालय नहुंदा काम काजमा समस्या हुंदै आएको थियो । तर अब कार्यालय सञ्चालनमा आएसंगै काम गर्न सहज हुने बाईजुराज महिला समिति झापा अध्यक्ष मिरा अधिकारी ओलीले बताइन् । 

कन्काई ४ नम्बर वडाले ५० हजार बराबरको सामाग्री समितिको कार्यालयकालागि उपलब्ध गराएको भन्दै समिति अध्यक्ष मिराले वडालाई धन्यवाद समेत प्रकट गरेकी थिइन् । 

2 baijuraj pic

समितिको अध्यक्ष मिरा अधिकारी ओलीको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा माइधाम मन्दिर मुल समिति अध्यक्ष भक्तिप्रसाद संग्रौला, मन्दिरको युवा परिषद अध्यक्ष निलम सिटौला, शिवसताक्षी उद्योग वाणिज्य संघका महासचिव  टंक प्रसाद मैनाली तथा युवा

परिषद १ का सदस्य केदार पाठक, बाइजुराज झापाको पूर्व अध्यक्ष तथा प्रदेश १ सदस्य प्रेमकुमारी भट्टराई , बाइजुराज केन्द्रिय सदस्य अस्मिता खनाल, युवा परिषद झापा अध्यक्ष टहलदास ओली, युवा परिषद केन्द्रिय सदस्य मदन अधिकारी सहित प्रमुख अतिथि सुवेदीले शुभकामना मनतब्य राखेका थिए । 

कार्यालय व्यवस्थापनमा फर्निचर सहयोग उपलब्ध गराउने युवा परिषद १ का सदस्य केदार पाठकलाई समितिको अध्यक्ष मिरा तथा प्रमुख सुवेदीले मायाको चिनो सहित सम्मान गरेका थिए । 

समितिको उपाध्यक्ष शान्ता मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिको सचिव मेनुका सिटौला संग्रौलाले गरेकी थिइन् । 

कार्यक्रममा कन्काई ४ की महिला वडा सदस्य मन्दिरा विश्वकर्मा सहित बाइजुराज महिला समितिको कार्यसमिति, पदाधिकारी तथा बिभिन्न प्रा.स. तथा इकाईका सुन्दरसाथहरुको उपस्थिती रहेको थियो ।