झापाको सुरुङ्गा स्थित कनकाई माविको खेलमैदान  सरसफाई गरिएको छ । सामाजिक अभियान्ता तथा समाजसेवी शेरबहादुर थापाले खेलमैदान सफाई गरेका हुन् । 

केहि दिन अघि भएको नगरस्तरीय खेलाडी छनौट र त्यसपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सहितका अन्य खेलकुद गतिविधिले फोहोर बनेको खेलमैदानको समाजसेवी थापाले बिहिबार सफाई गरेका हुन् । 

खेल मैदान झाडी संगै  फोहोर बनेपछि त्यसलाई हटाउन समाजसेवी थापा  जेसिवि लिएर खेलमैदानमा पुगेका थिए ।  

सो खेल मैदानमा बिहिबारबाटै जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता चलिरहेको छ । प्रतियोगिता अगावै उनले मैदान सफाई गरेका हु्न । 

थापाले जेसिवी लिएर मैदान प्रवेश गरेपछि आयोजक कनकाई खेलकुद प्रतिष्ठानले सहयोग गरेको प्रतिष्ठानकी  सचिव मान्ता खरेलले बताइन् । 

उनले आफ्नो दायित्व संगै सामाजिक कार्य भएको कारण पनि मैदान सफाई गरेको बताए ।  थापा गत स्थानीयतहको निर्वाचनमा कन्काई नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट चुनाव चिन्ह जेब्रा घोडा लिएर चुनाव लडेका थिए । उनी सो चुनावमा उपविजेता भएका थिए ।  जनताको मन संगै मत जितेका थापा कोभिड हिरो उपनामले पनि चिनिन्छन् ।

उनले केभिड १९ को समयमा बेरोजगार भएका तथा विपन्न नागरिक ४ हजार बढी परिवारलाई खाद्ययन्न सहितका सामाग्री सहयोग गरेका थिए । 

कोभिड लागेर घरमा बसेका नागरिकलाई पनि पोषिलो खानेकुरा लिएर उनी प्रत्येकको घर घरमा पुगेका थिए ।  निमार्ण व्यवसायी समेत रहेका थापा सामाजिक कार्य भनेपछि हुरेक्कै हुने गर्छन ।