राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, राजतन्त्र पुनःस्थापना गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै महाअभियानले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि आयोजित सभामा व्यवसायी दुर्गा प्रसाईंले अहिलेका नेताहरुले देश बिगारेको आरोप लगाए । उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउनका लागि नागरिकहरु एक हुनुपर्ने बताए ।


प्रसाईंले बैंक तथा बित्तीय संस्थाहरुले सर्वसाधारणलाई धेरै दुःख दिएको टिप्पणी पनि गरे ।