झापा । झापाको चारआली स्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गते सम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले जानकारी दिए ।  

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार रश शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उदेश्यले महापुराणको आयोजना गर्न लागिएको जनाइएको छ ।  

चैत्र ८ गते बाट सुरु हुने पुराणको समुद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने जनाइएको छ ।  महायज्ञमा आचार्य पं शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले बताए ।  

चैत्र ८ गते शोभा कलश यात्रा ,मण्डव पुजन,पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उदघाटनको कार्यक्रम राखिएको छ । चैत्र ९ गते देखि १६ गते सम्म कथा प्रवचनको आयोजना गरिने बताइएको छ । झापा लगायत अन्य जिल्ला बाट आउँने भक्तजनहरुलाई व्यवस्थापनका सहित पुराण आयोजनाका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।

पुराण आयोजना साथै सो बिषयमा बिभिन्न माध्यमबाट भक्तजन सम्म जानकारी पुराउँने उदेश्यले प्रचार प्रसारका लागि बिशेष ध्यान दिने प्रचार प्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले बताए । 

चारआलीस्थित नेपाली सैनिकको ब्यारकको उत्तरपश्चिम पट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षाभएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै पाउ पाथिभरा मन्दिर स्थापना गरिएको थियो । 

उक्त ठाउँमा पाथिभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथिभरा मन्दिरको निर्माण गरिएको बताइएको छ ।