चैत्र शुक्ल नवमीका दिन मनाइँने रामनवमीको अवसर पारेर मारवाडी युवा मञ्च बिर्तामोडले चैत १६ गते ‘मेरो श्री राम बाइक तथा कार र्याली’ को आयोजना गर्ने भएको छ । 

हिन्दु धर्मको उत्थान गर्ने तथा पछिल्लो पुस्ताको पश्चिमी सभ्यता तीर गइरहेको संस्कारलाई निरुत्साहित गर्ने उदेश्यले रामनवमीको अवसर पारेर  मारवाडी युवा मञ्चले ‘मेरो श्री राम बाइक तथा कार र्याली’ गर्ने जनाएको हो ।  


ताण्डप, झाँकीसहित बिर्तामोडको बालाजी मन्दिरबाट शुरु हुने र्याली मुक्तिचोकहुंदै सुगम पेट्रोलपम्पसम्म त्यसपश्चात पुनः, मुक्तिचोक, बिर्ताबजार, चारपाने हुँदै बालाजी मन्दिरमा पुगेर समापन हुने मारवाडी सेवा समिति बिर्तामोडमा सचिव दीपक मित्तिलले जानकारी दिए । 

भगवान रामको जन्मोत्सवलाई भब्य र सभ्य बनाउन अघिल्ले बर्षदेखि मञ्चले र्यालीको आयोजना गर्दै आएको कार्यक्रमका संयोजक बिशाल गोयलले बताए । 

 बाइक तथा कार र्यालीमा पाँच सयबढि सवारी साधन सामेल हुने  मञ्चका अध्यक्ष टेकेन्द्र गोयलले बताए । उनका अनुसार १६ गते दिउसो ३ बजे भेला भएर ४ बजेदेखि र्याली गरिनेछ ।  

र्यालीमा मारवाडी सेवा समिति, मारवाडी युवती मञ्च, अग्रशन भवन, मारवाडी महिला मञ्च, बालाजी मन्दिर ब्यवस्थापन समिति, छठ युवा फ्रन्ट बिर्तामोड, कृष्ण प्रणामी युवा परिसद लगायतका संघ÷संस्थाको सहभागीता रहने मञ्चका मञ्चका सचिव जीवन बंशलले गरेका थिए ।